देश–विदेशका ताजा समाचार, निष्पक्ष विश्लेषण र सत्य तथ्यमा आधारित रिपोर्टिङका लागि
SHARGOP Media Network लाई सब्सक्राइब गर्न नबिर्सनुहोस्।
हामीसँग जोडिनुहोस्, ताकि तपाईं दिनभरका महत्वपूर्ण समाचारबाट कहिल्यै वञ्चित हुनु नपरोस्।
राजनीति, समाज, अपराध, अर्थतन्त्र, धर्म–संस्कृति तथा स्थानीय खबरहरू—
सबै एकै ठाउँमा, छिटो र विश्वसनीय रूपमा।
SHARGOP Media Network
📰 Your News, Your Voice
सब्सक्राइब गरेर हामीलाई साथ दिनुभएकोमा धन्यवाद। 🙏
📞 Contact
📍 Biratnagar
📱 +977-9812353782
🔗 Official YouTube Channel
👉 youtube.com/@shargopmedia
#ShargopMedia
#NepalNews
#BreakingNews
#LatestNews
#Biratnagar
#NepaliNews
#FBViral
shargopmedia
झापाका मतदातासग भेटघाट गर्दै बालेन शाह ❣️👇️
4 days ago | [YT] | 27
View 0 replies
shargopmedia
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार दमक नगरपालिका-१ स्थित दमक अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन् । विभिन्न टोलमा रहेका नागरिकसँग भेट गर्ने क्रममा ओली अस्पतालमा पुगी स्वास्थ्य परीक्षण गराएका हुन् । तस्बिर : केपी शर्मा ओलीको सचिवालय
4 days ago | [YT] | 0
View 1 reply
shargopmedia
विराटनगरको रानी सडक खण्डअन्तर्गत कोशी प्रोजेक्ट क्षेत्रमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा परेर दुवै चालक घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
6 days ago | [YT] | 5
View 0 replies
shargopmedia
संसद अब बहस होइन, परिणामको थलो बन्छ : रवि लामिछाने
1 week ago | [YT] | 11
View 0 replies
shargopmedia
बिराटनगरमा ‘भाइरल हुड’ डान्स स्टुडियो पुनः सञ्चालनमा
बिराटनगर । बिराटनगर स्थित जलजला चोक धाढेवाल गल्लीमा रहेको चर्चित ‘भाइरल हुड’ डान्स स्टुडियो शुक्रबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। स्टुडियोको उद्घाटन रिबन तथा केक काटेर गरिएको थियो।
सन् २०१९ देखि सञ्चालनमा आएको उक्त डान्स स्टुडियो केही समय बन्द भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। स्टुडियोका सञ्चालक साहिल खानका अनुसार २०२४ मा थप नृत्यसम्बन्धी ज्ञान तथा सीप हासिल गर्न उनी विदेश गएका थिए। आवश्यक तालिम र अनुभव संगालेर २०२५ मा स्टुडियोलाई पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
स्टुडियोमा दैनिक बिहान ५–६, ६–७ र ७–८ बजेसम्म तथा बेलुका ४–५, ५–६, ६–७ र ७–८ बजेसम्म कक्षा सञ्चालन हुने जनाइएको छ।
सञ्चालक खानले नृत्यले व्यक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई स्वास्थ्यका हिसाबले पनि लाभदायक हुने बताए। आगामी दिनमा गुणस्तरीय प्रशिक्षण प्रदान गरी विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
स्थानीय युवायुवतीबीच लोकप्रिय बन्दै गएको ‘भाइरल हुड’ डान्स स्टुडियोले पुनः सञ्चालनसँगै नृत्यप्रेमीहरूमा उत्साह थपिएको छ।
1 week ago | [YT] | 1
View 0 replies
shargopmedia
पुर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राजा समर्थकहरु आज Airport बाहिर पुग्ने भएका छन् । ज्ञानेन्द्र आज दिउसो १२:३० बजे झापाबाट काठमाडौं फर्किदै छन् । प्रशासनले भने Airport मा ५ जना भन्दा बढी जम्मा नहुन भन्दै निषेधाज्ञा जारी गरेको छ ।
1 week ago | [YT] | 14
View 0 replies
shargopmedia
रातमा पनि जुरुक्क उठेको 'पाल्पा'को तानसेन ।
1 week ago | [YT] | 5
View 0 replies
shargopmedia
आज कसले जित्ला Nepal vs England 💪
1 week ago | [YT] | 2
View 0 replies
shargopmedia
दाङ - लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस बुधबार राप्ती उपत्यका (देउखुरी) मा औपचारिक मूल समारोह आयोजना गरी मनाइएको छ। लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेशको दिगो विकास, सुशासन र संघीयताको सुदृढीकरणका विषयमा जोड दिइएको थियो।
मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको समृद्धि र दिगो विकासका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। “यो प्रदेश संवेदनशील पनि छ, राम्रो पनि छ। कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा छ,” उहाँले भन्नुभयो, “हामीले लुम्बिनी प्रदेशलाई फरक ढंगले चलाउनुपर्छ। समस्या र प्रतिस्पर्धा दुवै छन्, मिलाउन सक्यौं भने उत्कृष्ट प्रदेश बन्न सक्छ।”
प्रदेशले सबै तह र वर्गको आवाज सुन्नुपर्ने धारणा राख्दै उहाँले इतिहासमा शासनकर्ताहरूका निर्णयले स्थानहरूको विकास तय भएको स्मरण गर्नुभयो। प्रादेशिक संरचना र राजधानी क्षेत्र खेतको उर्वर फाँटभन्दा उचो स्थानमा विस्तार गर्नुपर्ने सुझाव दिँदै उहाँले धान फल्ने फाँट जोगाउनुपर्नेमा जोड दिनुभयो। “खेतको फाँट जोगायौं भने कोही भोकै बस्नुपर्दैन,” उहाँले उल्लेख गर्नुभयो।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा संघीयतालाई बलियो बनाउने काम प्रदेशबाटै भएको बताउनुभयो। संघीयताका कारण विकास जनताको घरआँगनसम्म पुगेको र नागरिकले त्यसको अनुभूति गरेको उहाँको भनाइ थियो। “प्रदेश बोझिलो भयो भन्नेहरूलाई एक पटक खर्चको विवरण हेरेर मूल्यांकन गर्न अनुरोध गर्छु। गलत भाष्य खडा नगरियोस्,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। यस क्षेत्रमा कानुनी आधार तयार पारेर प्रदेशले काम अघि बढाइसकेको उहाँले स्पष्ट पार्नुभयो।
प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभा र सरकारले जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा कानुन निर्माण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको बताउनुभयो। “कानुन निर्माणमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी छ, कार्यान्वयनमा पनि हामी अघि बढिरहेका छौं,” उहाँले भन्नुभयो।
पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै कृषि र पर्यटनलाई केन्द्रमा राखेर दीर्घकालीन योजना बनाउनुपर्ने धारणा राख्नुभयो। “समृद्ध र आत्मनिर्भर प्रदेशका लागि पूर्वाधार र मानवीय श्रमशक्तिको विकास अपरिहार्य छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रदेश सभाले आयोजना गरेको खुला वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई सम्मान गरिएको थियो। प्रतियोगितामा गलामुखी राधाकृष्ण थारु मावि, बर्दियाकी पूर्णिमा ओली प्रथम, माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल, घोराहीकी सलिना पौडेल द्वितीय र सोही विद्यालयका सिद्धान्त अधिकारी तृतीय भएका थिए।
प्रमुख सचिव कृष्णप्रसाद काप्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सभाका उपसचिव लोकमणि पाण्डेले गर्नुभएको थियो।
#NewsUpdate #shargop #nepalinews #nepali #kathmandu
2 weeks ago | [YT] | 2
View 0 replies
shargopmedia
काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा पछिल्ला दुई दिनमा देखिएको अस्वाभाविक फलोअर वृद्धिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक चर्चा र बहस सुरु भएको छ।
आइतबारसम्म सात लाख २९ हजार ३४४ फलोअर रहेको ओलीको पेजमा छोटो समयमै दुई लाखभन्दा बढी फलोअर थपिएको देखिएको छ। फलोअर वृद्धिको तथ्याङ्क विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म ‘सोसल ब्लेड’ का अनुसार सोमबार ओलीको पेजमा करिब दुई हजार फलोअर थपिएर संख्या सात लाख ३१ हजार ६१४ पुगेको थियो।
तर मङ्गलबार भने एकैदिन एक लाख ५३ हजारभन्दा बढी फलोअर थपिएर संख्या ह्वात्तै बढ्दै आठ लाख ८५ हजार ४७३ पुगेको देखिएको छ। यो अस्वाभाविक वृद्धिको क्रम बुधबार पनि जारी रहँदा यो समाचार तयार पार्दासम्म फलोअर संख्या ९ लाख ५९ हजार नाघिसकेको छ।
सामान्यतया सार्वजनिक व्यक्तित्वका सामाजिक सञ्जाल पेजहरूमा क्रमिक रूपमा फलोअर वृद्धि हुने गर्छ। तर अत्यन्त छोटो अवधिमा यति ठूलो संख्यामा फलोअर थपिनु असामान्य मानिएको छ। यस घटनाले सामाजिक सञ्जालको विश्वसनीयता, डिजिटल लोकप्रियता र ‘अर्गानिक’ बनाम ‘आर्टिफिसियल’ वृद्धिको विषयमा नयाँ बहस जन्माएको छ।
#NewsUpdate #KPOli #election #FacebookPage #shargop
2 weeks ago | [YT] | 1
View 0 replies
Load more