Knowledge Tv नेपाल

Knowledge Tv नेपाल च्यानल राजनीति, मनोरंजन, फिल्मि , व्यापार र खेलमा नवीनतम समाचारको समावेश गर्छ ।

च्यानललाइ सब्सक्राइब गर्नुहोस
हरेक जानकारी पाउनको लागि

Knowledge Tv नेपाल is Nepal's best Educational & Entertainment Channel. Knowledge tv नेपाल channel covers latest news in politics, Educational, movies, business, sports, Entertainment, Tec. and More.

Stay tuned for all informative videos !


Knowledge Tv नेपाल

वेस्ट इन्डिजसंग नेपाल ९ विकेटले पराजित यस संगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना सकियो

21 hours ago | [YT] | 63

Knowledge Tv नेपाल

टी-२० विश्वकप : दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन

23 hours ago | [YT] | 50

Knowledge Tv नेपाल

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।

1 day ago | [YT] | 55

Knowledge Tv नेपाल

नेपालीले टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा इंग्ल्यान्ड र इटलीसँग लगातार दुई हार बेहोरेपछि यात्रा कठिन मोडमा पुगेको छ।
प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालले खेलबाट ध्यान भड्काउने र खेलाडीले यसको प्रयोग कम गर्नुपर्ने बताएका छन्।
नेपालले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ र नेट रनरेटमा पछि भएकाले राम्रै अन्तरले जित्नुपर्नेछ।

1 day ago | [YT] | 57

Knowledge Tv नेपाल

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ।
दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ।
पहिलो खेलमा आयरल्याण्ड र ओमान भिड्दैछ। श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा बिहान सवा ११ बजे खेल हुनेछ।

ओमान र आयरल्याण्ड समूह बी मा छन्। दुवैले दुई खेल खेलेका छन् भने दुवै खेलमा पराजित भएका छन्। आज उनीहरूले तेस्रो खल खेल्दैछन्।
सवा ३ बजे हुने दोस्रो खेलमा इंग्ल्याण्ड र स्कटल्याण्ड भिड्दैंछन्। खेल कोलकातास्थित इडेन गार्डेनमा हुनेछ।

दुई देश नेपाल रहेको समूह सी मा छ।
दुवै देशले दुई दुई खेल खेलेका छन् भने एक-एक खेल हारेका छन्।

2 days ago | [YT] | 38

Knowledge Tv नेपाल

नेपालको लज्जासपद हार, स्पीनर र मोस्का दाजुभाईले दिलाए इटलीलाई ऐतिहासिक जित

3 days ago | [YT] | 31

Knowledge Tv नेपाल

आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दै छ।
मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबिचको खेल हुनेछ।
वै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले सुपर-८ मा पुग्न यो खेल जित्नैपर्ने दबाबमा छन्। अर्को एउटा हारले विश्वकपको यात्रा लगभग समाप्त पार्न सक्ने भएकाले यो खेल दुवैका लागि 'गर या मर' को अवस्था छ।

4 days ago | [YT] | 46

Knowledge Tv नेपाल

दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ र बलिङ वरियतामा माथि उक्लिएका छन्।
नेपाली कप्तान रोहित पौडेलले ब्याटिङ वरियतामा ३ स्थान सुधार गरेका छन् ।
बलिङमा सन्दीप लामिछानेले १० स्थान सुधार गरी ७४औं स्थानमा पुगेका छन्।

4 days ago | [YT] | 63

Knowledge Tv नेपाल

good news दीपेन्द्रसिंह ऐरीले पिएसएल खेल्ने, ३१ लाख रूपैयाँमा इस्लामावाद युनाइटेडमा आबद्ध
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन्।

आज भएको अक्सनमा उनलाई इस्लामावाद युनाइटेडले आबद्ध गरेको हो। उनलाई पाकिस्तानी ६० लाख (नेपाली ३१ लाख १० हजार रूपैयाँ) मा आबद्ध गरिएको हो।

4 days ago (edited) | [YT] | 55

Knowledge Tv नेपाल

आइसिसी टी-२० विश्वकपमा बुधबार तीन खेल हुँदैछन्।

समूह 'डी' मा रहेको दक्षिण अफ्रिका र अफगानिस्तान, समूह 'बी' का अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह सी बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको खेल आज हुन लागेको हो।

5 days ago | [YT] | 52